मंसिर ११ मा 'सारथी': कुमार गजुरेल निर्देशित 'सारथी'को प्रोमो आयो, निरुता सिंह गम्भीर अवतारमा, गिरी विश्वकर्मा 'छोरा'को भूमिकामा
काठमाडौं। एउटा नवजात शिशुको रुवाइबाट सुरु हुने प्रोमोले चलचित्र 'सारथी'को कथाबारे दर्शकको मनमा गहिरो जिज्ञासा जगाएको छ। अभिनेत्री निरुता सिंह यसपटक अहिलेसम्म देखिएका भूमिकाभन्दा निकै भिन्न, गम्भीर र भावुक रूपमा देखिएकी छन्। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमा सोमबार यो प्रोमो सार्वजनिक गरिएको हो। रुवाइबाट सुरु भएको मौन पीडा Full Promo Link: Sarathi Nepali Movie प्रोमोको सुरुवातमै सुनिने बच्चाको रुवाइले दर्शकलाई सीधै कथाभित्र तान्छ। त्यसपछि पर्दामा निरुता काखमा दुधे बालक च्यापेर उभिएकी देखिन्छिन्। उनको अनुहारमा न हतार छ, न चिच्याहट। छ त केवल गहिरो मौनता र आँखाभित्र लुकेको बोझ। त्यही शान्त मुद्राले धेरै कुरा नभनिकनै धेरै भनिरहेको अनुभूति गराउँछ। त्यसमाथि उनको पैतालाबाट रगत बगिरहेको दृश्य यो प्रोमोको सबैभन्दा मर्मस्पर्शी क्षण बनेको छ। खुट्टा घाइते भए पनि काखको बच्चालाई जोगाउँदै अघि बढिरहेकी जस्ती देखिने त्यो झलकले पीडा, संघर्ष र आमाको माया एकसाथ सम्झाउँछ। उनी कहाँबाट आएकी हुन्, कहाँ जाँदै छिन् र यो यात्रा किन यति कठिन बनेको छ भन्ने प्रश्न दर्शकको मनमा रहिरहन्छ। 'छ...