[नेपालीमा] आचार्य चाणक्यका अनमोल विचार। सफल मन्त्र।भाग #१। Pratiphal Films

भाग १ आचार्य चाणक्यको जन्म आज भन्दा लगभग २४००वर्ष अगाडी भएको थियो । उनि नालन्दा विश्व बिधालयका आचार्य थिए । उनीले हामीलाई "चाणक्य नीति " नामक ग्रन्थ दिए र त्यो ग्रन्थ अहिले त्यति नै प्रभाब शालि छ जुन त्यति बेला थियो। चाणक्य नीति १७ अध्याय भएको ग्रन्थ हो। त्यो बाहेक उनले धेरै कथन भनेका छन् जुन हामी सबैले जान्न जरुरि छ। उनका महान विचार यस प्रकार छन्। १. ऋण, शत्रु र रोगलाई जरैबाट समाप्त गर्दिनु पर्छ। २. बनको आगोले चन्दनको दाउरालाई पनि जलाउछ अर्थात् दुष्ट व्यक्तिले जसको पनि अहित गर्न सक्छ। ३. शत्रुको कमजोरी थाहा नभए सम्म उसलाई साथी बनाएर राख्नु। ४. सिंह जतिनै भोको भए पनि घास खादैन अर्थात् जति दुख परे पनि आफु सहि बाटो हिड्नु पर्छ। ५. यौटै देशका दुई शत्रु परस्पर मित्र हुन्छन। ६. आपत्कालमा साथ दिने व्यक्ति नै असल मित्र हुन्छ। ७. मित्रको संगतले बल प्राप्त हुन्छ। ८. जो धैर्यवान हुन सक्दैन उसको साथ न वर्तमान हुन्छ न भबिस्य नै हुन्छ । ९....