[नेपालीमा] आचार्य चाणक्यका अनमोल विचार। सफल मन्त्र।भाग #१। Pratiphal Films


भाग १ 
आचार्य चाणक्यको जन्म आज भन्दा लगभग २४००वर्ष अगाडी भएको थियो । उनि नालन्दा विश्व बिधालयका आचार्य थिए । उनीले हामीलाई "चाणक्य नीति " नामक ग्रन्थ दिए र त्यो ग्रन्थ अहिले त्यति नै प्रभाब शालि छ जुन त्यति बेला थियो। चाणक्य नीति १७ अध्याय भएको ग्रन्थ हो। त्यो बाहेक उनले धेरै कथन भनेका छन् जुन हामी सबैले जान्न जरुरि छ। उनका महान विचार यस प्रकार छन्। 
 pratiphalfilms


१. ऋण, शत्रु र रोगलाई जरैबाट समाप्त गर्दिनु पर्छ। 
 pratiphalfilms



२. बनको आगोले  चन्दनको दाउरालाई पनि जलाउछ अर्थात् दुष्ट व्यक्तिले जसको पनि अहित गर्न सक्छ।  



३. शत्रुको कमजोरी थाहा नभए सम्म उसलाई साथी बनाएर राख्नु। 
 7boys



४. सिंह जतिनै भोको भए पनि घास खादैन अर्थात् जति दुख परे पनि आफु सहि बाटो हिड्नु पर्छ।




५. यौटै देशका दुई शत्रु परस्पर मित्र हुन्छन। 




६. आपत्कालमा साथ दिने व्यक्ति नै असल मित्र हुन्छ। 



७. मित्रको संगतले बल प्राप्त हुन्छ। 



८. जो धैर्यवान हुन सक्दैन उसको साथ न वर्तमान हुन्छ न भबिस्य नै हुन्छ ।



९. संकट को बेला बुद्धि नै काम लाग्छ। 



१०. फलामलाई फलामले नै काट्नु पर्छ। 



११. यदि आमा दुस्ट छिन भने उनलाई पनि त्याग्नु पर्छ। 






१२. यदि आफ्नै हातमा बिस फैलीएको छ भने हात काट्नु पर्छ। 



१३. सर्पलाई दुध पिलायो भने बिषनै बढाउछ न कि अमृत। 





१४. सन्तोष सबैभन्दा ठुलो धन हो। 



  
१५. आगोलाई टाउको मै राखे पनि पोल्न छोड्दैन, अर्थात् दुष्ट व्यक्तिलाई जतिनै सम्मान दिए पनि उसले दुख दिन छोडदैन। 




१६. अन्न बाहेक अरु कुनै धन हुदैन। 




१७. भोकको अगाडी अर्को कुनै शत्रु हुदैन। 




१८. बिद्या नै निर्धन व्यक्ति को धन हो। 



१९. बिद्यालाई चोरले पनि चोरेर लान सक्दैन। 



२०. शत्रुमा भएको गुणलाई पनि ग्रहण गर्नु पर्छ। 



YouTube।Pratiphal Films। सफल बन्न को लागि जान्ने पर्ने यी छ प्रस्नको उत्तर (चाणक्य नीति)
https://www.youtube.com/channel/UCTjTwC7zbKpwRZZdlXa93pQ


  भाग १ को लागि एती नै अन्य भागमा बाकी प्रसङ्ग लिएर आउछौ 
धन्यवाद 






Comments