{नेपालीमा} About Dahare Deurali Syanja।धार्मिक पर्यटकीय स्थलडहरे देउराली स्यांजा।डहरे देउराली माई। PF

डहरे देउराली 
नेपाल प्राकृतिक  सम्पदाले भरिपूर्ण देश हो। यहाँ चार बर्ण ३६ जातका मानिसहरुको बसोबास रहेको छ।  विभिन्न जात धर्म सस्कृतिका मानिसहरु मेल मिलापको  साथ बस्छन। यहाको प्राकृतिक सुन्दरता र यहाँ बसोबास गर्ने, नेपाली नागरिकहरुको रहन सहन, भेषभूषा, जात जति धर्म चाड पर्ब र रितिरिवाज हेर्ने हो भने नेपाल यो बिषयमा अग्रणी स्थानमा छ।  हिन्दु राष्ट्र घोसणा भएको एकमात्र देश नेपाल हो। प्राकृतिक रुपले यति सम्पन्न देश पर्यटन उधोगको हिसाबमा भने कही पछाडी नै परेको छ। यसको कारण प्रचार प्रचारको अभाबले गर्दा हो। यस्तै प्रबर्द्धनको अभाबमा परेको धार्मिक एबम पर्यटकीय हिसाबले प्रचुल सम्भबना बोकेको महत्वोपूर्ण स्थल डहरे देउराली जुन नेपालकै पहिलो गाउ सिरुबारी नजिक रहेको आरु चौर गा बि सा वडा न २ अन्तर्गत पर्दछ। समुन्द्री सतहबाट करिब ३२५० मिटर उचाईमा रहेको उक्त स्थल पस्चिमान्चल क्षेत्रको (पर्बत र स्याङ्जाको सिमाना) स्यांजा जिल्लामा पर्दछ। 

YouTube। Syanja - Parbat- Dahare Deurali Documentary । डहरे देउराली डकुमेन्ट्री (स्यांजा-पर्बत)। pratiphal films  थप जानकारीको लागि तलको भिडिओ CLick गर्नु होला 


डहरे देउरालीको आफ्नै महत्वो र बिसेषता रहेको छ। हामी नेपालीहरुको आस्था बिस्वासको केन्द्र रहेको डहरे देउराली माईको महिमा, प्राचिन कथा, इतिहास यस लेख मार्फत पेश गर्न गईरहेको छु। जसको उत्पादन प्रतिफल फिल्म्स द्वारा भएको हो भने लेखन विशाल लोहनी बाट भएको हो । 

इतिहास 

डहरे देउरालीमा कुनै समयमा डहरा नामक ऋषि तपस्या बस्नु भएको थियो। उहाको नाममा यो ठाउँको नाम डहरा हुदै पछि गएर डहरे देउराली रहन गयो। यस ठाउँमा धेरै ऋषि, गुरु, पण्डितहरुले आफ्नो जीवनकालमा देबीको भक्ति, तपस्या, पुजामा लिन भएर जिबन बिताउनु भयो र समाधि बस्नु भयो। 





 डहरा ऋषि पछि यस ठाउँ बालकुमारी पाण्डे माता आएर ४५ वर्ष बस्नु भयो।  वहा पछि निलाकण्ठ पर्बत महाराज आएर बस्नु भयो। उहा पछि खडा नन्द अधिकारी महाराज आउनु भयो र ३७ वर्ष तपस्या गर्नु भयो, उहा पहरामा कर्कलाको पात, केराको पात, सेखुको  पात ओडेर तपस्या गर्नु भयो। त्यसपछि बलानन्द स्वामी आउनु भयो र उहा ४५ वर्ष पहरामा कोठा कोठाको घर बनाएर बस्नु भयो। त्यस पछि वहा समाधि बस्नु भयो। त्यस पछि पशुपति आनन्द स्वामी आउनुभयो र ४५ वर्षसम्म बस्नु भयो। आहिले २०७५ असार १० गते यस ठाउँमा पण्डित देव प्रसाद उप्धाया गुरुका रुपमा हुनुहुन्छ। 



डहरे देउरालीको बिशेषता  


चाडपर्बको बेला भक्त जनहरुको घुईचो लाग्ने गर्छ। मङ्सिर बाला चतुरदासीका दिन यहाँ भब्य मेल लाग्ने गर्दछ। स्थानीय तहमा उत्पादन भएको सामग्री जस्तै डोका, नाम्ला, औजारहरु, स्थानिय कृषि  उत्पादन  फलफुल आदि सामानको व्यापार हुने गर्दछ।  साथै देबीको पुजा गर्ने ठाउमा परेबा उडाउने, बलि दिने प्रचलन पनि रहीआएको छ।  भक्तजनहरु ले भक्कल गर्ने र पुरा भएपछी भक्कल पुरा गर्ने प्रचलन छ। जन बिश्वास के छ भने यस ठाउँमा आएर जे माग्यो त्यो पुरा हुन्छ। टाढाबाट आउने सन्यासीका लागि आवास गृह पनि रहेको छ। 

यहाँ विभिन्न जडिबुटीहरु पाइन्छ जस्तै पाच औले, हर्रो, बर्रो, सत्तुवा, आदि महत्वोपूर्ण जडिबुटीहरु पाइन्छ। 
घना जंगलको बिचमा डहरे देउराली माई हुनुहुन्छ र यस जंगलमा चितुवा, भालु, मृग, आदि जनाबारहरु छन् भने ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गिहरु छन्। पैयु, सल्ला, ओखर, उत्तिस, बास आदिका रुखहरु छन्।  

डहरे देउरालीबाट  द्रिश्या  अवलोकन गर्न सकिने स्थानहरु  


डहरे देउरालीबाट अन्नपुर्ण हिमसृन्खला अन्तर्गत हिमालहरु, माछापुच्छरे हिमाल, बग्लुङ्ग बजार, पर्बतको सदरमुकाम कुस्मा बजार, कर्किनेटा, स्यांजा, पर्बत, कास्कीको संगमस्थल, पन्चासे, त्यस्तै आरु चौर गाबिस, रापाकोट तथा कास्कीको पुम्दी भुम्दी अबस्थित शान्ति स्तुपा र पोखराको कही भागहरु पनि द्रिश्याअवलोकन गर्न सकिन्छ।     


डहरे देउराली जाने बाटो 

यदि तपाई पर्बत र स्यांजा जिल्ला बाहेक अन्य जिल्लाबाट डहरे देउराली दर्सन, अबलोकन, घुम्न आउदै हुनुन्छभने तपाइको लागि दुई ओटा बाटो छ। 
१. पर्बत हुदै डहरे देउराली जाने :   पर्बतको सदरमुकाम कुस्मा हो। कुस्मा हुदै डहरे जान सक्नु हुन्छ। कुस्मा पनि पर्यटकहरुलाई मनपर्ने स्थान हो।  यहाँ नेपालकै ३ आग्लो झोलुङ्गे पुलहरु छन्।  यहाँ यान्त्रिक पुल पनि छ। खतरनाक काम गर्न मन पराउने हरुका लागि बन्जी जुम्प निर्माण कार्य हुदै छ।  यसको पनि मज्जा उठाउन सक्नु हुन्छ गुप्तेशोर गुफा धार्मिक स्थल पनि कुस्मामै  छ लगायत अन्य थुप्रै धार्मिक पर्यटकीय क्षेत्र हरु छन्। 


कुस्मा देखि तपाई हिडेर डहरे देउराली जान चाहनु हुन्छ भने ४-५  घण्टा लग्न सक्छ भने लोकल बस चड्नु भयो भने  ३ घण्टामा पुगिन्छ। कुस्माको शिवालय चोक बाट तपाई कार्कीनेटाको गाडी चड्नु पर्छ र कर्किनेटाबाट अर्को गाडी चड्नु पर्छ र त्यहाँबाट तल पोखरी भन्ने ठाउँमा ओर्लने र त्यहाँ बाट १ घण्टा जंगलको यात्रा पछि डहरे देउरालीको पाउ मा पुग्न सकिन्छ।  त्यहाँ एउटा ठुलो रुख र ढुंगाको फेदमा ढुंगा कै देबीको आकृतिको निशान रहेको मुर्ति छ र पुजा गर्नेको लागि ठाटीको निर्माण गरिएको छ। त्यस ठाउँ बाट करिब २० मिनेटको पैदल यात्रा पछि डहरे देउरालीको मुख्य पुजा गर्ने ठाउँमा पुग्न सकिन्छ। 


२. पोखरा हुदै डहरे देउराली जाने बाटो : नेपालको पर्यटकिय नगरी भनेर चिनिने पोखराबाट करिब ५ घण्टाको स्थानीय बसको यात्रा पछि पुतली बजार नगरपालिका, हेलू, अर्जुन चौपारी, रापाकोट हुदै आरुचौर गबिसा वडा न २ स्थित तल पोखरी भन्ने ठाउमा पुगिन्छ। त्यहाँ बाट १:३० घण्टा मा डहरे देउराली माई पुजा गर्ने स्थानमा पुगिन्छ।  



यस ठाउँका समस्याहरु 

यस ठाउँको मुख्य समस्या भनेको यातायातको  हो। हुन त् मन्दिर देखि करिब १५ -२० मिनेट तल सम्म मोटर जाने बाटो बनेको छ तर त्यो बाटोको सुधार, संरक्षण, पुननिर्माण भने नभएको कारण गाडी पुग्न असम्भाब छ। हुन त बाईक लानेहरुले आफ्नै जिद्दीमा मोटर बाटो पुगे सम्म लान्छन।  

विकास हुदै गरेको (गुरुकुल)

यस ठाउँमा हेलीकपटर ल्यानडिंग गर्ने ठाउँ बन्दै छ भने संस्कृत गुरुकुल निर्माण कार्य पनि हुदै छ। यस ठाउँको  विकासको लागि अन्य निर्माण कार्यहरु पनि हुदै छ।    

डहरे देउरालीमा लेखकको अनुभब 

बिशाल लोहनी मेरो व्यक्तिगत रुपमा डहरे देउरालीको बारेमा भन्नु पर्दा। डहरे देउराली स्वर्गमय छ। त्यस ठाउँमा पुग्दा जुन परम शान्तिको अनुभूति हुन्छ त्यो मात्र शब्दमा ब्याख्या गरेर पुग्दैन। त्यस ठाउँमा यस्तो शक्ति छ जुन शक्तिले सबै दुख, पिडा, कस्ट भुलाई दिन्छ र स्वर्गमा भएको अनुभूति हुन्छ।   

Dahare deurali live documentary 2075

  
धन्यवाद 




Comments

Popular posts from this blog

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

[Nepali] धनि बन्न चाहानु हुन्छ भने यी किताब आवस्य पढ्नु होला । Books You Should Read to Get Rich ।Pratiphal Films