[Lock Down Nepal] Corona Virus Latest Update COVID -19 लक डाउन नेपाल 2076 चैत्र 11 देखि अनस्चित बन्द |Pratiphal Films-Bishal lohane| Be Positive Nepal

कोरोना वायरस अर्थात COVID-19 एकदमै सूक्ष्म तर शक्तिशाली वायरस हो. कोरोना वायरस मानिसको कपालको तुलनामा 900 गुना सानो हुन्छ. आकार मा सानो भए पनि वायरसले पुरै बिश्व आतंक मच्चाइ रहेको छ. डिसंबर 2019 मा चीन को वुहान शहर मा नोवल कोरोना वायरस (कोविड 19) को पहला संक्रमणको जानकारी आएको थियो। 



कोरोना वायरस यसको परिवार को सातौ वायरस हो. पहिला त छ प्रकार का कोरोना वायरस अगडी आएका थिए । यसको अनुवांशिक संरचना 80 प्रतिशत सम्म चमेरोमा हुने सार्स वायरस सग मिल्न जान्छ . तर यो सार्स भाइरस भन्दा कयौ गुना बढी खतरनाक छ ।
कोरोना वायरस अब चीन मा त्यति तीव्र गति मा फैलिएको छैन जति दुनियाको अन्य देशहरुमा फैलिएको छ । कोविड 19 नामक यो वायरस अहिले सम्म 70 भन्दा धेरै देशहरुमा फैलिएको छ ।

कोरोना भाइरस विभिन्न मध्याम हुँदै नेपाल भित्रिएको कारण उच्चस्तरीय समितिको बैठकले हिजो देखि नेपाल का सम्पूर्ण जिल्ला हरु "लक डाउन" गरेको छ । जनताहरुलाई हिजो विहान ६ बजेबाट एक हप्तासम्म घर बाट बाहिर निस्कन रोकको सुचना जारी गरेको थियो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउन नपाउने भनेको थियो ।
१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक
कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।
२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग
गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन
सञ्चालनमा पूर्ण रोक लगाउने
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार,
सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता
अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक
पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले
विदा दिने।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन
उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग,
कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित
उद्योगले विदा दिने व्यवस्था मिलाउने ।
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित
आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा
कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने
व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत
गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा -२) बमोजिम जारी
यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन
नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको
लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार
प्रयोग गर्ने ।
८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा
काममा वाधा पुऱ्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।
यी थिए हिजो देखि एक हप्ताको लागि लागु भएका नियमहरु । भन्नको लागि सरकारले १ हप्ता भनेको छ बास्ताबमा कोरोनाको रोक थामको उपाय नभए सम्म सायद लक डाउन खुल्ने छैन । बिश्वका ठुला ठुला बैज्ञानिकहरु कोरोनाको विषयमा अनुसन्धान गर्दै छन र छिटो भन्दा छिटो कोरोनालाई जरै बाट समाप्त गर्न, जनता हरुलाई सुरक्षित गर्ने खोप को निर्माण कार्यमा दिन रात लागि रहेका छन ।
यो विषयले बिश्वलाई नै चिन्ता मा डुबाएको छ ।
अब तपाईं हाम्रो कर्तव्य के होला त ?
के आफ्नो मात्रै फाइदा हेर्ने हो त ?
कि हाम्रो देश को सरकार लाई त हाम्रो मतलब नै छन भन्ने सोच्नु हुन्छ ?
कि बर्तमान सरकार त विपक्षि हो, यस्ले भनेको किन मन्ने, यहि हो मौका, तल खसाल्ने सोच्नु हुन्छ ?

ताइट यस्तो सोच ले हुन्छ ? किन सरकार को उन्लनघन गर्नु हुन्छ, घर बाट बाहिर नजा भने पछी नजानुन । जे भए पनि जस्तो भए पनि जुनसुकै पार्टीको भए पनि हाम्रै सरकार हो, तपाईं हामी ले नै बनाएको सरकार हो । सरकार भनेको देशको पलानकर्ता, अबिभाबक, बाउ जस्तो हो र एउटा बाउले आफ्नो बाल बच्चाको बारेमा कहिलै कुभलो सोच्छ होला त ? सरकार ले त दिन रात देश र जनता कै बारेमा सोची रहेको हुन्छ । तपाई हाम्रो जस्तो तुत्छ सोच भएर माथी पुगेको होइनन, कोइ कोइ त्यस्ता हुन्छन जस्को कारण सबैले नराम्रो सुन्नु पर्छ । तर तपाईं हामी जतिनै देश भक्तीको बारेमा facebook मा बोले पनि क्षणिकको लागि मात्रै हो, मन मा आएको jpt नेता विरुद्ध को कथा बनायो facebook मा हाल्यो । facebook मा हेर्ने ले पनि एकछिन हेर्छ, उसमा पनि एकछिनको लागि देश भक्ती जाग्छ, भाबुक हुन्छ, साहास बढ्छ र उहीँ त हो नि, नेताको बिरुद्धमा नचाहिदो comment लेख्छ, या त कसरी भन्ने हो आफ्नै हिसाबमा भन्छ । झुट यति छिटो फैलन्छ, जब कि सत्य फैलन एक दमै समय लाग्छ र त्यो सत्य लाई कसैले वास्ता नै गर्दैना । के गर्ने मानिस को nature नै यस्तै हो । ठुलो मानिसलाई खसल्यो भने आफू माथी पुग्छु भन्ने सोच्छन । तर यस्तो हुदैन साथी, एक पटक सोच्नुस त , यदि कोहि माथिल्लो ठाँउ मा भएको ब्यक्ती लाई तल आफू भएको ठाँउमा खसाउन खोज्नु भयो भने, पहिलात उस्ले तपाइलाई लात हान्छ, र तपाइले तल खसाइ हाल्नु भयो भने पनि उस्ले पनि तपाइलाई कहिलै माथी जान दिदैन। त्यसैले माथी भएको सरकार लाई तल खसाउनु खोज्नु को सट्टा दुई हात जोडेर सम्मान गर्नु, उस्ले आफै तपाईलाइ माथी तान्छ । मूर्ख हुन छोडौ, सकारात्मक सोच राखौ ।




यो समय त सबै हात मा हात मिलाएर अगाडि बढ्ने हो, तर कसरी हात मिलाउने, हात मिलायो भने कोरोना सर्छ कि भन्ने डर । Just joking भन्न खोजेको तात्पर्य के हो भने सरकार ले देश र जनताको भलोको लागि Lock down गरेको छ । फेरि हामी किन बिन कुनै काम, साहास देखाउन होस या अन्य कुनै नचाइदो काम होस घर बाट बाहिर फोकटमा किन निस्कन्छौ । भोलि कोरोना सरे त tension हुने आफैलाई हो । कोरोना सरे मलाई मलाइ सर्छ, मरे मै मर्छु भन्नू होला रे ? तर एकपटक गम्भीर भएर सोच्नुस त? यदि तपाईं कोरोना लाग्यो भने तपाईं सङसङै अरु कति जना लाई पनि लाग्ला ? ल ठिक छ अरु कसलाई लाई नसर्ला रे, तपाईं आफै सकिनु होला रे? सोच्नुस त तपाईं सकिय पछि तपाइको परिबारको हालत के होला त? ठिक छ परिबार पनि नहोला या तपाइलाई वास्ता नहोला, तर सोच्नुस त, के तपाईं को जन्म कोरोनालाई लापरबाही गरि मर्न भएको हो त? साथि मर्न त एकदिन सबै लाई छ । मर्न बाट नडराउ, मर्नु भन्दा अगाडि यो सन्सार को लागि केही गरेर जाउ, अनि बल्ल मरे पछि पनि सबैले सम्झने छन र तिम्रो जय जय कार हुने छ ।

यो lock down को बेला, सक्छौ कोरोनाको सर्बनास गर, सक्दैनौ, सक्दैनै चुप लागेर थुबुक्क घर बस ।

केही कोरोनाको बरेमा पनि जान्नु है त.
कोरोनालाई कसरी काबुमा राख्ने ?
कोरोना वायरस (Coronavirus disease - COVID-19) को संक्रमण बाट मर्ने मानिसको कुल संख्या 15,307 पुगेको छ । विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई महामारी घोषित गर्यो. कोरोना वायरस को संक्रमण फैलन बाट रोक्न को लागि यसको बारेमा सम्पूर्ण जानकारी हुनु अति आबस्यक हुन्छ ।

कोरोना वायरस को लक्षण र बच्ने उपाय के होल त?
कोरोना वायरसको मुख्य लक्षण ज्वरो हो. बच्चों र युवामा यदि 100 डिग्री फ़ारेनहाइट (37.7 डिग्री सेल्सियस) या यो भन्दा माथी भयो भने बढी सोच्नु पर्ने विषय हुन्छ । विश्व स्वास्थ्य संगठन (WHO) को भनाइमा कोरोना वायरस बाट संक्रमित हुदा 100मा 88 जना लाई ज्वरो आउने, 100 मा 68 जना लाई खोकी या कफ, 100मा 38 जना लाई थकाइ लाग्ने, 100 मा 18 जनालाई सांस फेर्न गाह्रो हुने,100 मा 14 जनालाई शरीर र टाउको दुख्ने, 100 मा 11 जनालाई जाडो हुने र 100 मा 4 जनालाई पखालाको लक्षण देखिएको छ. रनिंग नोज मतलब नाकबाट सिगान आइ रहने, नाक आप्ठयारो हुने लाई कोरोना वायरस को लक्षण मानिएको छैन ।



के हो कोरोना वायरस?
कोरोना वायरस को सम्बन्ध, वायरस एउटा यस्तो परिवार सग छ, जसको संक्रमण बाट ज्वरो आउने देखि सांस लिन गाह्रो हुने जस्तो समस्या देखा पर्छन । यो वायरस लाई पहिला कहिलै देखिएको थिएन । यस वायरस को संक्रमण डिसंबर मा चीन को वुहान सहर बाट सुरु भएको थियो । WHO को भनाइमा, ज्वरो खोकि सांस फेर्न गाह्रो हुने यसके प्रमुख लक्षण हुन । अहिले सम्म यस वायरसलाई फैलन बाट रोक्ने कुनै खोप बनिसकेको छैन ।

कोरोना को पहचान को लागि यि लक्षणहरु लाई ध्यान दिनुहोला ।

चर्को ज्वरो आउने: यदि कुनै ब्यक्तीमा चर्को ज्वरो सङै सुक्खा खोकी छ भने उसले एकपटक जाँच गर्न आबस्यक हुन्छ । यदि तपाइको तापक्रम 99.0 र 99.5 डिग्री फारेनहाइट छ भने त्यसलाई त्यसलाई ज्वरो मानिने छैन. यदि सरिरको तापक्रम 100 डिग्री फ़ारेनहाइट (37.7 डिग्री सेल्सियस) या यो भन्दा माथी गयो भने तब यो चिन्ता को विषय हुन्छ ।

कफ र सुक्खा खोकी: कोरोना संक्रमीत ब्यक्तीमा कफ हुन्छ तर पनि सुक्खा खोकी पनि हुन्छ ।

सास लिनमा समस्या: कोरोना वायरस संक्रमित भएको 5 दिन भित्र व्यक्ति लाई सांस फेर्नमा समस्या हुन सक्छ . सांस लिने समस्या हुनको पछाडि, फोक्सो मा फैलिएको कफको कारण हुन्छ ।

फ्लू-कोल़्ड जस्तो लक्षणः विश्व स्वास्थ्य संगठन (WHO) के अनुसार कोरोना वायरस बाट संक्रमित भए पछी कहिले काही ज्वारो आउने, खोकी लाग्ने, सांस फेर्न गार्हो हुने बाहेक फ्लू र कोल्डको जस्तो लक्षण पनि देखिन्छ ।

पखला र उल्टीः कोरोना को संक्रमित ब्यक्ति मा पखाला र उल्टी को पनि लक्षण देखिन्छ. करीब 30 प्रतिशत ब्यक्तीमा यस्तो प्रकारको लक्षण पाइएको छ ।

सुँघ्ने र स्वाद थाहा पाउने क्षमतामा कमीः धेरै जसो केसमा स्टडिमा पाइएको छ कि कोरोना बाट संक्रमित ब्यक्तिलाई सूंघने र स्वाद थाहा पाउने क्षमता मा कमी आउछ.

कोरोना वायरस बाट मृत्युदर

9 बर्ष सम्म को बच्चों मा- 0 प्रतिशत

10-39 वर्ष सम्म को ब्यक्तीमा 0.2 प्रतिशत

40-49 वर्ष सम्म को ब्यक्तीमा 0.4 प्रतिशत

50-59 वर्ष सम्म को ब्यक्तीमा 1.3 प्रतिशत

60-69 वर्ष सम्म को ब्यक्तीमा 3.6 प्रतिशत

60-69 वर्ष सम्म को ब्यक्तीमा 3.6 प्रतिशत

70-79 वर्ष सम्म को ब्यक्तीमा 8 प्रतिशत

80 वर्ष भन्दा माथी का ब्यक्तीमा 14.8 प्रतिशत रहेको छ ।

विश्व मा कोरोना संक्रमण (COVID-19) र मृत्यु संख्या बारे एक नजर है त ।
विशेषज्ञों हरुको भनाइमा कोरोनावायरस बाट संक्रमित प्रति एक हज़ार व्यक्तिहरुमा नौ व्यक्ति को मृत्यु भएको अनुमान छ । अहिलेसम्म यो भाइरस बाट वृद्धा हरुको मृत्युु दर सबै भन्दा बढी छ ।

कोरोना बाट दुनिया भरीमा 15,307 मानिसको मृत्यु भै सकेको छ ।

ईरान मा अहिले सम्म कोरोना बाट 1812 र दक्षिण कोरिया मा 111 जना मानिस को मृत्यु भै सकेको छ ।

इटली मात्रै अहिले सम्म कोरोना बाट 5476 जनाको मृत्यु भइ सकेको छ ।.

चीन मा अहिले सम्म कोरोना बाट प्रभाबित मानिसको संख्या 81,093 पुगेको छ ।

चीन मा अहिले सम्म कोरोना बाट मर्ने को संख्या करिब 3720 पुगेको छ ।

दुनिया भरिमा कोरोना वायरस बाट संक्रमित ब्यक्ति को संख्या 3,49,807 पार गरि सक्यो .

यस बच्ने उपाय के होला त ?
स्‍वास्‍थ्‍य मंत्रालय ले कोरोना वायरस बाट बच्नको लागि दिशा निर्देश जारी गरेको छ । यसको लागि, हात लाई साबुन ले मज्जाले धुनु पर्छ . अल्‍कोहल आधारित हैंड वास को प्रयोग पनि गर्न सकिन्छ ।
खोक्दा हाच्छिउ गर्दा नाक मुख सफा रुमाल या टिश्यु पेपरले ढाक्नु होला । जुन ब्यक्तीमा कोल्‍ड र फ्लू को लक्षण हुन्छ उनहरुबाट दूरी बनाउनु होस । अन्डा अंडे र मांसु के सेवन से बचें. जंगली जानवरोंको सम्पर्कमा आउनु बाट बच्नु होला ।

कोरोना वायरस को संक्रमण भयो भने के गर्ने ?

अहिले को समय 2020 मार्च 25 सम्म कोरोना वायरस को उपचार पत्ता लागेको त छैन तर बिरामीलाई लक्षण कम गर्ने औषधि दिइएको छ । जब सम्म तपाईं ठिक हुनु हुदैन तब सम्म तपाईं अरु बाट टाढा रहनु होस । वायरस को उपचार को लागि भ्याक्सिन निर्माण कार्य चली रहेको छ ।
यो बर्ष को अन्तिम सम्म यसको परीक्षण सुरु भै सक्ने छ । सबै अस्पताल, ल्याब आदिमा डाक्टर साईन्टिस्ट हरु औषधिको परीक्षण गरिरहेका छन ।
आज सम्मको कोरोना भाइरस सम्बन्धि जान्कारीहरु, यति नै । बाकी नया आपडेट आउन साथ म तपाईं हरु लाई खबर गर्ने छु ।

Be Positive .


यदि सधै सकारात्मक सोच राखी जीबनमा सकारात्मक उर्जा भर्न चाहानु हुन्छ भने हाम्रो  YouTube Channel

Pratiphal Films र अर्को Channel Be Positive Nepal लाई लिन्क क्लिक गरि हेर्न सक्नु हुन्छ ।

Pratiphal Films - Bishal Lohane: www.youtube.com/PratiphalFilms


Be Positive Nepal :

https://www.youtube.com/channel/UCT2IADL0MHTNkX4849uPeRQ



यो लेेेख Pratiphal Films / BE POSITIVE NEPAL YOUTUBE CHANNEL द्वारा जनहितको लागी उत्पादन गरिएको हो । भने लेखन निर्माण बिशाल लोहनी बाट भएको हो । आफू र आफ्नो वरपरका सबैलाई कोरोना बाट सतर्क बनाउनु होस। सुरक्षित रहनु होस। हाम्रो देश नेपाल, सुन्दर सान्त बिशाल, जय होस ।

Comments

Popular posts from this blog

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

[Nepali] धनि बन्न चाहानु हुन्छ भने यी किताब आवस्य पढ्नु होला । Books You Should Read to Get Rich ।Pratiphal Films

{नेपालीमा} About Dahare Deurali Syanja।धार्मिक पर्यटकीय स्थलडहरे देउराली स्यांजा।डहरे देउराली माई। PF