प्रेममा सफल हुने मन्त्र के हो ? Love Success and happiness tips | प्रतिफल फिल्म्स-बिशल लोहनी

प्रेममा सफल हुने मन्त्र के हो ?
कसरी आफ्नो प्रेमीका या जीबन साथि लाई सधै प्रसन्न राख्न सक्नु हुन्छ ?
कसरी आफ्नो दाम्पत्य जीबनलाई सुखः मय बनाउन सक्नु हुन्छ ?
यो लेेेखमा तपाईंहरुले यी प्रश्नहरुको उत्तर थाहा पाउनुहुनेछ ।

तपाईको सहजको लागि भिडियो पनि हेर्न सक्नु हुन्छ ।

१. नारी सम्मान
यदि तपाईं आफ्नो प्रेमि या पत्निलाई सम्मान दिनु हुन्छ भने, त्यसको बदलामा तपाईं आफू पनि सम्मान पाउनु हुनेछ । पत्निलाई सम्मान दिने पुरुष लाई समाजले पनि सकारात्मक दृस्टिकोण बाट हेर्छ र संमानको भाबना प्रकट गर्छ । प्रेमी होस या जीवन साथी, यिन को महत्त्व बुझेर सम्मान गर्यो भने सम्बन्ध कहिल्यै टुट्दैन ।

२. पराइ स्त्री पर्तिको सकारात्मक दृष्टिकोण
यो गुण प्रत्यक पुरुषमा हुनै पर्ने गुण हो । जो पुरुष ले आफ्नी पत्नी या प्रेमिका लाई मात्र बासनाको दृष्टि बाट हेर्छ र अन्य स्त्री लाई कुदृष्टि बाट हेर्दैन भने, उसको पत्नीलाई बिश्वास जगाउछ र बिश्वास घात गर्दैन । त्यस्तो ब्यक्ती को प्रेम या दाम्पत्य जीबनमा कहिल्यै समस्या आउदैन र कहिलै सम्बन्ध छुट्दैन ।


३. सुरक्षा को अनुभव
भनिन्छ पत्निले सधै आफ्नो पतिमा आफ्नो बुबाको छाया खोज्छन ।
जीबन साथि भनेकै जीवन भर साथ दिने हो । त्यसैले नारी ले त्यस्तो पुरुषलाई बढी मन पराउछ जो सग बस्दा उनिहरुलाई सुरक्षित अनुभव हुन्छ । त्यस्तो प्रेमी या पति सग बाट तर्किन खोज्छन जसबाट आफुलाई सुरक्षित अनुभव गर्दैनन ।

४. शारीरिक सुखः
बिबाह भनेकै दुई आत्मा र दुई सरिरको मेल हो । यसको बिना सन्सार अगाडी बढ्न सक्दैन । आफ्नी पत्नीलाई साररिक सुखः को अनुभव गराउनु दाम्पत्य जीबनमा अति आबस्यक हुन्छ ।
शरीर भनेको प्रकृति को देन हो र येसको पनि आफ्नो आबस्यकताहरु हुन्छ । यसलाई नकारात्मक ढंग बाट लिनु हुदैन ।
यसलाई बुझेर प्रत्यक पुरुषले आफ्नी पत्निलाई साररिक सुखः दिनु पर्छ ।


५. पत्नीका आमाबुबालाई सम्मान
सबैको लागि आफ्नो बुबा आमा भगवान भन्दा पनि माथी हुन्छन । जबकि कति धेरै माया गरि, हुर्काइ बढाइ पढाइ लेखाइ गरि आफ्नो मुटुको टुक्रालाई अर्कोको हातमा, अझ दाईजो समेत दिएर थमाउछन । यति महान बुबा आमाको बारेमा आफ्नै पतिको मुख बाट नराम्रो सुन्नु पर्यो या अपमान सुन्नु पर्यो भने त्यस पत्नीको मनमा कति पिडा हुन्छ होला । के तपाईले अनुभव गर्नु भएको छ । त्यसकारण पत्नीको बुबा आमालाई पनि आफ्नो बुबा आमालाई जस्तै आदर माया र सम्मान गर्नु पर्छ ।

यी थिए, प्रेममा सफल हुने मन्त्र, आफ्नो प्रेमीका या पत्नी लाई सधै प्रसन्न राख्ने तरिका र आफ्नो दाम्पत्य जीबनलाई सुखः मय बनाउने तरिका ।


यी जानकारी चाणक्य निति बाट अनुसन्धान गरि बनाइएको हो भने लेखन र निर्माण बिशाल लोहनी द्वारा भएको हो ।धन्यवाद । 

Comments

Popular posts from this blog

नेपालको राजधानी कहाँ हो र समुन्द्री सतह देखि कति मिटर उचाईमा रहेको छ ? |About Nepal| Pratiphal Films

नेपालका हाल सम्मका प्रधान मन्त्रीहरु। Most recent Nepalese ministers ।Nepal।नेपालीमा। Pratiphal Films

पोस्टर देखे पछि पागल भए दर्सक, नेपाली कथानक चलचित्र "अहुरी" को पोस्टर सार्बजनिक, निकै नै राम्रो पोस्टर प्रतिक्रिया ("Ahuri" Nepali Movie) Director: Bishal Lohani